ग्रामीण विकास लघुवित्तको हकप्रदमा आवदेन दिने समय सकिँदै

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने समय अब दुई दिन मात्र बाँकी छ । उक्त हकप्रदमा आज र भोलि गरेर दुई दिन मात्र आवेदन गर्न पाइनेछ ।

लघुवित्तले गत बैशाख २७ गते शुक्रबार देखि दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।

हकप्रद निष्काशनका लागि लघुवित्तले चैत २९ गते बुकक्लोज गरेको थियो । जस अनुसार चैत २८ गतेसम्म कायम शेयरधनीले जेठ ३० गते सम्म हकप्रदमा आवेदन दिन पाउनेछ ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री पश्चात चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।