हिमालयन डिष्ट्रिलरीले बिहीबारदेखि लाभांश बाँड्ने


हिमालयन डिष्ट्रिलरीले जेठ ३० गतेदेखि बिहीबार देखि अन्तरिम लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षमा सञ्चित नाफाबाट कर सहित ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णयको कार्यान्वयन गरेको हो ।

कम्पनीको जेठ ९ गतेको सञ्चालक समतिले सेयरधनीलाइ अन्तरिम लाभांस वितरण गर्ने निर्णय गरेको थियो । बिहीबारदेखि नेपाल क्लियरिङ्ग हाउसको आईपिइस मार्फत शेयरधनीको बैंक खातामा नै सो लाभासं पठाइदिने भएको हो ।

कम्पनीले वितरण गर्ने उक्त लाभांश रकम यहि जेठ १६ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा उत्पादनमूलक कम्पनीमा सूचीकृत रहेको यस कम्पनीले चालु आव नसकिँदै लगानीकर्तालाई अन्तरिम लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई बैंक खाता अद्यावधिक गरेपछि मात्र लाभांश वितरण गरिने भन्दै बैंक खाता अद्यावधिक गराउन समेत भनेको छ । यस्तै शेयर धितो राखेकाले धितोराखेको बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर लैजानु पर्छ । आव २०७०÷०७१ र ०७१÷०७२ को नगद लाभांश संकलन नगरेका शेयरधनीलाई कम्पनीको जावलाखेलमा रहेको कार्यालयमा सम्पर्क गर्न सूचीत गरेको छ ।

हिमालयन डिष्टिलरीले गत आव २०७४÷०७५ को मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर कर सहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। कम्पनीको गत पुस २५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त लाभांश गत फागुन ६ गतेदेखि वितरण गरेको थियो । यस कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।