बैंकिङ प्रणालिमा तरलता संकुचन वढ्न थाल्यो


बैंकिङ प्रणालीमा तरलता संकुचन वढे्न थालेको छ । जेठ २८ गते मंगलबारको विवरण अनुसार बैंकहरुमा २३ अर्ब मात्र अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

बैंकिङ प्रणाली तरलता संकुचन वढ्न थालेपछि बैंकहरुको अन्तर बैंक ब्याजदर पनि ६ प्रतिशत भन्दा धेरै छ । अहिले घटेर ६.४ प्रतिशतमा झरेको छ । गत साता अन्तर बैंक व्याजदर साढे ७ प्रतिशत माथि पुगेको थियो ।

बैंकिङ्ग प्रणालीमा तरलतामा चाप परेपछि नेपाल राष्ट्र बैंकले जेठ २९ गते बुधबार बैंकिङ प्रणाली १० अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले एक हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले ७ दिनमा (असार ४ गते बुधबार ) परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाई विडिङ्ग प्रणाली मार्फत बुधबार अपराह्न ३ बजे भित्र बोलकबोलमा सहभागि हुन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशतवा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन् । पाँच प्रतिशत वा सो भन्दा कम ब्याजदर कबोल गरी पेश भएका बोलपत्र रद्ध गरिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ ।