ग्रामीण विकास लघुवित्तको हकप्रदमा आवदेन दिने बिहीबार अन्तिम मौका

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने जेठ ३० गते अन्तिम दिन रहेको छ । हकप्रदमा आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ।

हकप्रदमा शेयरधनीको बैंक खाता रहेको बैंकबाटै सि आश्वा प्रणाली मार्फत तथा ग्रामिण विकास लघुवित्त र बिक्री प्रबन्धकका शाखा कार्यालयहरुका अलवा मेरो शेयरबाट पनि आवेदन गर्नसक्ने व्यवस्था छ।

लघुवित्तले गत बैशाख २७ गते शुक्रबार देखि दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।
लघुवित्तले हकप्रद निष्काशनका लागि लघुवित्तले चैत २९ गते बुकक्लोज गरेको थियो । जस अनुसार चैत २८ गतेसम्म कायम शेयरधनीले जेठ ३० गते सम्म हकप्रदमा आवेदन दिन पाउनेछ ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री पश्चात चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।