पूर्वअर्थमन्त्री डा. महत भन्छन् : ‘ऋणका आधारमा ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउँछ’

0
Shares

पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।  शुक्रबार चीतवनका पत्रकारसँग कुराकानी गर्दै उनले ऋण लिएर बजेटको आकार बढाइएको बताए ।

एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उनको भनाइ थियो ।

डा महतले भने, “जिडिपिको करीब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय सङ्कट ल्याउँछ । महँगी बढाउँछ ।” आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उनको भनाइ थियो ।

वर्तमान सरकारप्रति सर्वसाधारण र वौदिक वर्ग निरास भएसँगै काङ्ग्रेसप्रतिको लहर बढेर गएको उनले दाबी गरे । काङ्ग्रेसभित्रको गुट अन्त्यगरी पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्ने उनको भनाइ थियो । मानव अधिकार, सङ्क्रमणकालीन न्यायलगायतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण भएको उनको भनाइ थियो ।