नेपाल इन्स्यारेन्सले सेयरधनीलाइ बोनस सेयर दिने


नेपाल इन्स्यारेन्सले गत आर्थिक वर्षको नाफावाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको असार ५ गते सम्पन्न बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस तथा कर प्रयोजनका लागि नगद शेयर वितरण गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिले शेयरधनीलाई ७ करोड ६४ लाख ३२ हजार ७९८ रुपैयाँ ७२ पैसा बरावरको बोनस सेयर तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ४० लाख २२ हजार ७७८ रुपैयाँ ४१ पैसा वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष यस कम्पनीले ४.५२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश बीमा समिति तथा इन्स्यारेन्सको साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।
हाल एक अर्ब एक करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको उक्त बोनस पछि एक अर्ब ९ करोडड ५५ लाख रुपैयाँ पुग्नेछ ।