देवः विकास बैंकको लाभांश लिन आज सेयर किन्नु पर्ने


 

देवः विकास बैंकले गत आर्थिक वर्षको नाफावाट सेयरधनीलाइ दिने भनेको लाभासं लिनका लागि बिहीबार सेयर खरिद गर्नु पर्ने छ । बैंकले लाभांश र साधारण सभा प्रजोनका लागि ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता किताव बन्द गर्ने भएको हो ।

देव विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गर्न अगामी असार १२ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ । साधारणसभामा सञ्चालक समतिका तर्फवाट आर्थिक वर्ष २०७४।७५ को नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८ रुपैयाँको ५.५ प्रतिशत अर्थात १३ लाख ९३ हजार ५२४ कित्ता बोनस बोनस वितरण गर्ने प्रस्ताव रहेको छ ।

यसैगरि वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित खर्च, सम्झौता, एक बराबरको एक स्वाप रेसियो, तथा अन्य कार्यहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ । बैंकले अझै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ती तथा विदेशी रणनैतिक साझेदार भित्र्याउन आवश्यक कार्यहरु गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्योजन गर्ने लगायतका प्रस्ताव रहेका छन ।
वेष्टर्न डेभलपमेन्ट बैंकले पनि असार १२ गते देव विकास बैंकसँग प्राप्ती हुने सम्बन्धमा सोही दिन होटल सीटी दाङमा साधारण सभा बोलाएको छ ।