सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी

0
Shares

 

 

 

सनराइज बैंकले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेकोे छ ।

संचालक समितिको जेठ २२ गतेको बैठकले राणालाई निमित्त प्रमुख कार्यकारी अधिकृतबाट नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी अधिकारी सन्राइज बैंकमा स्थापनाकालदेखि नै कार्यरत छन्। सनराइज बैंकमा आउनु अघि उनलें हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरेको थिइन ।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए.गरेकाी छन् ।