प्रोग्रेशिभ फाइनान्स मर्जरमा जाने

0
Shares

प्रोग्रेशिभ फाइनान्सले मर्जर तथा एक्वीजिशनमा जाने प्रस्ताव गरेर असार २९ गते एकैपटक दुई आर्थिक वर्षको साधारण सभा बोलाएको छ । गत आवको मुनाफाबाट फाइनान्सले शेयरधनीलाई कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन।

फाइनान्सले ज्यापू प्रज्ञा भवन, भोलगणेश ललितपुरमा आब्हान गरेको २१ औं र २२ औं साधारण सभामा डाकेको हो। सभामा फाइनान्सले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानका लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदानगर्ने र सोहि अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने प्स्ताव उपर छलफल गर्दैछ ।

यस्तै संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना गरि कूल ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने भएका, आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने तथा असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र नगदप्रवाह सहितको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि सभामा छ ।

फाइनान्सले साधारणसभा प्रयोजनको लागि असार १५ गते शेयरधनीदर्ता किचाब बन्द गर्ने भएकाले असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन्।