आँधीखोला र घोडाघोडी लघुवित्त साधारण शेयर आउँदै


नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई साधारण शेयर निष्कासन अनुमति दिएको छ ।

बोर्डले दुई लघुवित्तको ५ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन अनुमती दिएको हो ।

बोर्डले स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्थालाई एक सय रुपैयाँ अंकित दरमा ४ करोड रुपैयाँ बराबरको बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

यसैगरि घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख ६० हजार बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।

यी दुबै लघुवित्तले आगामी २ महिना भित्र साधारण सेयर बिक्री गरीसक्नु पर्नेछ । बोर्डबाट अनुमति पाएको ढिलोमा दुई महिना समयावधिभित्र दुबै कम्पनीले प्राथमिक शेयर जारी गर्नुपर्ने व्यवस्था छ ।
पूँजी बजारमा लघुवित्तको सेयरमा लगानीकर्ताको विषेशा आकर्षण हुने गरेको छ ।

सानो संख्यामा सेयर हुने भएकाले पनि धितोपत्र बजारमा कर्नरीङ गर्ने हरुका लागि समेत सहज हुने भएकाले सेयर मुल्यमा समेत उच्च सुधार आउने गरेको छ । यस्ता कम्पनीकहरुको न्यून संख्यामा निष्काशन हुने शेयरले बजारको माग पूर्ति गर्न नसक्दा लघुवित्त कम्पनीहरुको शेयरमूल्य धितोपत्र बजारमा उच्च रहँदै आएको छ । लघुवित्त कम्पनीहरुबीचमा पनि थोरै पूँजी हुने कम्पनीको शेयरमूल्य अझै उच्च रहने गरेको छ ।

स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट रहेको छ ।

आँधीखोला लघुवित्त वित्तीय संस्थाले निष्काशन गर्ने साधारण शेयरलाई औसत भन्दा तलको रेटिङ्ग दिइएको छ । रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीको धितोपत्रलाई इक्रा एनएपि आईपिओ ग्रेड ४ ग्रेडिङ प्रदान गरेको छ । इक्राको ४ ग्रेड भन्दा पछिको रेटिङ हुनेले साधारणसेयर निष्कासन गर्न नपाउने व्यवस्था छ ।

घोडीघोडा लघुवित्तले भने सार्वजनिक निष्काशनको रेटिङ्ग गराएको छैन । बोर्डको व्यवस्था बमोजिम तीन करोडभन्दा कम पूँजीको सार्वजनिक निष्काशन गर्ने कम्पनीलाई अनिवार्य क्रेडिट रेटिङ्ग गर्नुपर्ने बाध्यता हुँदैन । सोही कारणले यस लघुवित्तले रेटिङ्ग नगराएको हो । आँधीखोला लघुवित्तले जारी पूँजीको ४० र घोडाघोडी लघुवित्तले ४८ प्रतिशत सार्वजनिक निष्काशन गर्न लागेको हो ।