सम्पत्ति शुद्धीकरणको त्रास सेयर बजारमा ,नेप्से दोहोरो अंकले घट्यो


नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि निर्देशिका २०७४ लाई संशोधन गरी पूर्ण रुपमा लागू गर्ने निर्देशन जारी गरेपछि सेयर बजारमा नकरात्मक असर परेको हो ।

सन २०२० सम्म सम्पत्ती सुद्धिकरण सम्बन्धी सम्पुर्ण नीति नियमको कार्यान्वयन गर्नु पर्ने भएकाले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड कडा बन्दै गएका छन । अन्तराष्ट्रिय समुदायमा नेपालको छवी तथा मुलुकाु अर्थतन्त्रलाइ संकट वाट जोगाउन पनि सम्पत्ती सुद्धिकरणलाइ विषेश ध्यान दिन नियामक लागेका हुन ।

आइतबार सूचक घटेपनि कारोबबार रकममा भने सामान्य सुधार आएको छ । आइतबार १७२ कम्पनीका १५ लाख ७५ हजार ३४० कित्ता शेयर ४८ करोड १८ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । गत बिहीबार ३७ करोड ५३ लाख रुपैयाँको कारोबार भएको थियो। बिहीबारको तुलनामा साढे दश करोडले कारोबार बढेको हो ।

कारोबारमा आएका एघार उप समूहका सूचकमध्ये म्युचुअल फण्ड, विकास बैंक र वित्त बाहेक बाँकी आठवटै सूचक ऋणात्मक बनेका छन्। सबैभन्दा धेरै निर्जीबन बीमा, जीबन बीमा, जलविद्युत, अन्य ,उत्पादन र लघुवित्तको सूचक एक प्रतिशत धेरैले घटेका छन्। बैंकिङ्ग र होटल पनि सामान्य घटे।

४८ करोड १८ लाख शेयर कारोबार भएको आइतबारतको बजारमा लक्ष्मी बैंकको सबैभन्दा धेरै ४ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसैगरि डिप्रोक्स लघुवित्त, चिलिमे हाइ«ोपावर, सिभिल बैंकको संस्थापक शेयर र नेपाल बैंकको पनि २ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो ।

त्यस्तै नबिल बैंकको संस्थापक शेयर, प्रभु बैंक, सिद्धार्थ बैंक, शिबम् सिमेन्टस र छिमेक लघुवित्तको संस्थापक शेयरको पनि साढे एक करोड बढीको कारोबारमा आएको छ। आइतबार उच्च करोबार गर्ने १० कम्पनीमध्य ६ वटा वाणिज्य बैंक रहेका छन्।

आइतबार गुँरास लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने जनउत्थान लघुवित्तको शेयरमुल्यपनि ८ प्रतिशतभन्दा धेरैले माथि उक्लेको छ । त्यस्तै नेपाल एग्रो लघुवित्तको शेयरमूल्य झण्डै ५ प्रतिशतले बढेको छ । मितेरी डेभलपमेन्ट बैंक, सुर्योदय लघुवित्त, युनाइटेड इन्स्योेन्स, र सृजना फाइनान्सको शेयरमूल्य धेरै बढ्ने कम्पनीमा समेटिएको छ।

कारोबारमा आएका १७२ कम्पनीमध्ये ११० कम्पनीको शेयरमूल्य घटेको छ भने २५ वटा कम्पनीको शेयरमूल्य मात्र बढेको छ । बाँकी २३ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन आएन।