सोमबारदेखि नेपालभरीका सबैजसो विदेशी टेलिभिजन च्यानलहरु बन्द

0
Shares

नेपालमा देशैभरी सबैजसो विदेशी टेलिभिजन च्यानलहरु बन्द गरिएको छ । नेपाल केवल टेलिभिजन महासंघ र इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिले संयुक्त रुपमा विदेशी विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु सोमबार दिउँसोदेखि बन्द गराएको हो ।

टेलिभिजन च्यानल प्रदायक कम्पनीहरु प्रस्तावित टेलिभिजन विज्ञापन ऐन २०७६ को विरुद्ध आन्दोलन स्वरुप सोमबार अपरान्ह्र ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म २४ घण्टाका लागि सबै च्यानलहरु बन्द गरिएको छ । यसको असर अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरुमा परेको छ । विज्ञापनरहित च्यानलको प्रसारण भने रोकिएको छैन।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट चैत १० गते पारित भई हाल प्रतिनिधिसभामा छलफलमा छ ।
प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानलहरु प्रसारणमा क्लिन फिड पद्धती लागू हुँदा देखा पर्ने दर्शकहरुमा पर्ने असरको अनुुभुति गराउन भन्दै क्लिन फिडको प्रावधानको विरुद्धमा केबल टिभी व्यवसायीहरु आन्दोलित भएका हुन्।

क्लिन फिड पद्धती लागू भए अर्बौं रुपैंयाको लगानी डुब्ने अवस्था आउने र नेपालमा धेरै हेरिने भारतीय मनोरञ्जनात्मक र खेलकुदका सबैजसो च्यानलहरु बन्द हुने भन्दै महासंघले विरोधमा उत्रिएको हो।