बुटवल पावरले किन्यो मर्स्याङ्दी हाइड्रो पावर, चिनीयाँ साझेदारीमा बनाउने

0
Shares

बुटवल पावर कम्पनीले २८२ मेगावाट क्षमताको मर्स्याङ्दी हाइड्रो पावर कम्पनीको शेयर खरिद गरेको छ । कम्पनीले राजरत्न इनर्जी होल्डिङस् र मस्र्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको सम्पूर्ण शेयर खरीद गरेको हो ।

बुटवल पावरले दुई कम्पनीको गरी कुल ८ लाख ८५ हजार ९६० कित्ता शेयर खरीद गरेको छ। उक्त शेयर खरीद भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडएस एउण्ड क्लियरिङ लिमिटेडलाई दिएको छ। सो सेयर कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेख गर्ने काम सकिएको बीपीसीले जनाएको छ ।

मनाङमा आयोजना स्थल रेहको मनाङ मस्र्याङदी कूल २८२ मेगावाट क्षमताको आयोजना होे। सो आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भई विद्युत् खरीद बिक्री प्रक्रियामा रहेकोे छ।

सो आयोजना चिनीयाँ साझेदारहरु एससिआइजी इन्टनरेशनल, क्याइसी इन्टनरनेशन र एससिआइजि इन्टरनेशनल नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा निर्माण प्रक्रियामा रहेको छ।

बीपसीले चिनियाँ साझेदारीमा आउँदो ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । यी आयोजना बनाउन चीनियाँ कम्पनीहरुले २ अर्ब अमेरिकी डलर अर्थात २ खर्ब रुपैयाँ नेपालमा लगानी गर्ने सम्झौता भएको छ ।

आयोजना बनाउन बीपीसी र चिनियाँ साझेदारीमा एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट प्राइभेट लिमिटेड स्थापना गरेको छ । यसमा बीपीसीको १९ प्रतिशत स्वामित्व छ ।