प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ।

होटल ईच्छा, सिमरा, बारामा असार १० गते सम्पन्न विशेष साधारण सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० बराबर ६ कित्ता अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निष्काशन गर्ने प्स्ताव अनुमोदन भएको हो।

कम्पनीको विशेष साधारण सभाबाट पारित भएको हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ। यससँगै कम्पनीको चुक्ता पूँजी नियामक निकाय बीमा समितिले तोके बमोजिम कायम हुने भएको छ।

बीमा समितिले निर्जीवन बीमाको कारोबार गर्दै आएका कम्पनीलाई न्यूनतम एक अर्ब पूँजी कायम गर्न निर्देशन दिएको छ। जसका लागि कम्पनीहरुले जगेडाकोषहरुबाट सापटी लिनसक्ने व्यवस्था समेत गरिएको छ।

विशेष साधारण सभाबाट पारित हकप्रद धितोपत्रको अनुमति पश्चात मात्र सर्वसाधारणमा निष्काशन हुनेछ।