ग्लोबल आइएमई बैंकले आइएफसी बाट दुई अर्ब ऋण ल्याउने

0
Shares

ग्लोबल आइएमई बैंकले पनि विदेशबाट झण्डै २ अर्ब २० करोड रुपैयाँ कर्जा ल्याउने भएको छ । बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेसन(आइएफसी) बाट ऋण ल्याउने भएको हो ।

ऋण सम्बन्धी सम्झौतामा बुधबार ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैया) ऋण लिई साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्नेछ ।

यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केहीहदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार  २३ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।