हिमाल दोलखाको आइपिओमा आवेदन गर्ने म्याद दुई दिन बाँकी

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन गर्र्ने म्याद शुक्रबार (असार १३ गते) सकिँदैछ । आयोजना प्रभावित इलामका स्थानीयले आज र भोलि दुई दिन आवेदन दिन पाउनेछन् ।

हिमाल दोलखाले जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता आइपिओ बिक्री खुला गरेको थियो । निर्धारित पहिलो चरणमा सबै शेयर बिक्री नभएपछि समय थपेर असार १३ गतेसम्म पुर्याइएको हो । यसअघि छिटोमा जेठ २८ गतेसम्म आइपिओ भर्न पाउने व्यवस्था गरिएको थियो ।

यसमा आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

हिमाल दोलखाले हाल जारी पुँजी १ अर्ब ६० करोड रुपैयाँको १० प्रतिशत शेयर स्थानीयका लागि जारी गरेको हो । यसमा शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

लगानीकर्ताले लक्ष्मी बैंक, (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलाम), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सक्नेछन् । सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्नेछ ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

इलाममा हिमालका दुई वटा आयोजना निर्माणधीन छन् । जसमा माई खोला स्मल हाइड्रोपावर ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् ।