सात ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्ने अन्तिम अनुमती पाउदै


नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सात ब्रोकर कम्पनीलाई विहिबार मार्जिन कारोवारका लागि अन्तिम स्वीकृति दिने भएको छ । नेप्सेको अन्तिम स्विकृतीपछि ब्रोकर कम्पनीले मार्जिन कारोबारको काम सुरु गर्नेछन ।

पूँजी बजारको विषयमा अध्ययन गर्न गठित कार्यदलको सुझाब र लगानीकर्ता तथा ब्रोकरको मागको आधारमा नेप्सेले ब्रोकरहरु मार्फत मार्जिन कारोबारको सुविधा उपलब्ध गराएको हो । अब धितोपत्र दलाल कम्पनीले आफ्नो इक्युटी र बैंक मार्फत ऋण लिएर मार्जिन कारोबारको काम गर्न सक्छन । अहिले तत्कालका लागि भने ब्रोकर कम्पनीले इक्युटी मार्फत नै काम सुरु गर्ने योजनामा रहेको एक दलालले बताए ।

बिहीबार मार्जिन कारोबारको स्विकृत पाउनेमा क्रिष्टल कंचनजंगा, भिजन सेक्यूरिटिज,श्रीकृष्ण सेक्यूरिटिज, नेपाल स्टक हाउस,प्राइमो सेक्यूरिटिज,सेक्वर्ड सेक्यूरिटिज र कोहिनुर सेक्यूरिटिज रहेका छन । बाँकी एक दर्जन भन्दा धेरै कम्पनीहरु पाइपलाइमा अर्थता प्रक्रियामा रहेको नेप्सेले जनाएको छ । यस्तो सुविधा पाउने अन्य कम्पनीमा नासा सेक्युरिटिज, सुमेरू सेक्यूरिटिज, दिपशिखा सेक्युरिटिज, अनलाइन सेक्यूरिटिज, आर्यातारा इन्भेष्टमेन्ट, इम्पेरियल सेक्यूरिटिज,दिव्या सेक्यूरिटिज लगायत छन् ।

कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश दिएको कम्पनीलाई मार्जिन दिन सकिने व्यवस्था छ । आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीले मात्रै मार्जिन सुविधा पाउने प्रावधान छ । मार्जिन लोन बढीमा तीन महिनासम्मको लागि दिइन्छ । तीन महिनापछि यसलाई नवीकरण गर्नुपर्ने हुन्छ । मार्जिन ट्रेडिङकोे लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गरेको हुनुपर्नेछ ।