आँधीखोलाको साधारण सेयर असार २२ गतेदेखि


आँधीखोला लघुवित्त वित्तीय संस्थाले असार २२ गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।

संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कूल ४ लाख कित्ता शेयरको बिक्री खुला गर्नेछ । जसमध्ये सर्वसाधारणमा ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन खुला गरेको हो । लघुवित्तका कर्मचारीहरुका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएको छ ।

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम २ हजार कित्ता आवेदन दिन सक्नेछन् ।
लघुवित्तको साधारण सेयरे निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालय तथा मेरोशेयरबाट असार २५ गतेसम्म आवेदन गर्न सकिन्छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने इक्रा एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।
आईपिओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी १० करोड पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ६०४० रहनेछ । वित्तीय संस्थाले स्याङजा, कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ गरी १० जिल्लाका १९ शाखा विस्तार गरिसकेको छ ।
चालु आवको तेस्रो त्र्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३८ पैसा कायम गरेको छ ।