नागरिक उड्यनको महानिर्देशकमा पोखरेल, प्राधिकरण भित्रैका व्यक्तिको हातमा नेतृत्व


सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार भएको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गरेको हो ।

मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका पोखरेल महानिर्देशक पदमा पुग्न सफल भएका हुन । मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको पत्र आज प्राप्त भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

पोखरेलले हवाई सुरक्षा र पूर्वाधार निर्माणका साथै समग्र उड्डयन उन्नयममा कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । उनले वायुसेवा प्रदायक कम्पनीसँग सहकार्य गर्दै नेपालको उडड्यन सुरक्षालाई निरन्तर सुधारका साथै निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलको सञ्चालन तथा आन्तरिक विमानस्थलको सुदृढिकरण आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।
महानिर्देशक पोखरेलले युरेपी सङ्घ (इयू) को उडान सुरक्षा सस्ची हटाउन, नेपालको उड्डयन सुरक्षामा उपलब्ध परिणामलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउन, नागरिक उड्डयनको संस्थागत सुधार प्रमुख चुनौती भएको बताए ।

विसं २०४७ मा तत्कालीन हवाई सेवा विभागबाट राजपत्राङिकत तृतीय श्रेणी (प्राविधि सेवा )मा सेवा प्रवेश गरेका पोखरेलसँग नागरिक उड्डयन सुरक्षासँग विशेष अनुभव छ । यसअघि पोखरेल नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालयको उपमहानिर्देशको पदमा कार्यरत थिए । उनले अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को उडान सुरक्षा अडिट कार्यक्रमको नेपालको राष्ट्रिय संयोजकका रुपमा समेत काम गरेका थियो ।

पोखरेलले आइकाओले नेपाललाई राखेको गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटाउन र नेपालको उडान सुरक्षामापदण्ड सिफारिस तथा मार्गदर्शन परिपालनको अवस्थालाई आइकाओबाट निर्धारित ६० प्रतिशतको दर भन्दामाथि राखी ६७ प्रतिशत पु¥याउन योगदान गरेका थियो । सोही आधारमा नेपालले आइकाओ काउन्सिल प्रसिडेन्सियल सर्टिफिकेट समेत प्राप्त गरेको थियो ।
पोखरेलको एयर ट्राफिक कन्ट्रोलर, विमानस्थल प्रमुख, हवाई कानुन, हवाई सम्झौता, दुर्घटना जाँच, उड्डयन सुरक्षा नियमनमा अनुभव रहेको छ । वि.स. २०२१ मा बर्दियाको गुलरियामा जन्मिएका पोखरेलले ब्यावसायीक प्रसासनमा स्नाकोत्तर गरेका छन । उनले उडान सुरक्षा, विमानस्थल सुरक्षा अन्तराष्ट्रिय हवाई कानूनलगायत तालीम प्राप्त गरेका छन ।