आर्यतारा र भिजन सेक्युरिटीज देखिए लगानीकर्तामैत्री ब्रोकर !

0
Shares

आर्यतारा सेक्युरिटीज र भिजन सेक्युरिटीज लगानीकर्तामैत्री ब्रोकरको रुपमा देखा परेका छन् । आफ्ना ग्राहकलाई शेयर कारोबारको लागि अनलाइन ट्रेडिङ प्रणालीमा आवद्ध गराउन यी ब्रोकरहरुले देखाएको अग्रसरताले उनीहरु लगानीकर्तामैत्री देखिएका हुन् ।

नेपाल स्टक एक्चेन्ज नेप्सेका अनुसार हालसम्म ११ हजार १ सय ६० लगानीकर्ताले अनलाइन पासवर्ड लिएका छन् । यस साता मात्र १६ सय ६२ ले अनलाइन पासवर्ड लिएका हुन् । ८ महिनाको अवधिमा अनलाइन प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या ११ हजार १६० पुगेको हो ।

आफ्ना ग्राहक र शेयरलगानीकर्तालाई सहज रुपमा अनलाइन प्रणालीमा आवद्ध गराउनेमा ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज सबैभन्दा अगाडि रहेको छ । जसले हालसम्म ११ सय ७८ जनालाई अनलाइन कारोबारका लागि आईडी र पासवर्ड उपलब्ध गराएको छ । भिजन सेक्युरिटीजले ११ सय ७० जनालाई आईडी पासवर्ड दिएको छ ।

लगानीकर्ताले आफुले कारोबार गर्ने ब्रोकरमा गएर आईडी र पासवर्ड लिन सक्ने छन् । सबै ब्रोकरले आईडी पासवर्ड वितरण गरिरहेको नेप्सेले जनाएको छ । तर कतिपय ब्रोकरहरुले लगानीकर्तालाई आईडी र पासवर्ड उपलब्ध गराउन झुलाउने गरेको लगानीकर्ताहरुको गुनासो छ ।

नेप्सेले कुनै पनि ब्रोकरले सहज रुपमा आईडी पासवर्ड नदिए उजुरी गर्न समेत लगानीकर्ताहरुलाई आग्रह गरेको छ। ब्रोकरसंग गरिनु पर्ने तोकिएको सम्झौता पुरा गरी आइडी पासवर्ड लिन नेप्सेले आग्रह गरेको छ । साथै नेप्सेले आइडी र पासवर्ड लिंदा कुनै शुल्क नलाग्ने समेत स्पष्ट पारेको छ ।

सबै भन्दा कम आइडी पासवर्ड दिनेमा अरूस सेक्युरिटीज रहेको छ । अरुणले जम्मा १९ जनालाई आईडी पासवर्ड दिएको छ । ब्रोकरहरुबाट अनलाईन कारोबार प्रणाली लिने औसत संख्या २२३ रहेको छ। जसमध्ये १८ वटा ब्रोकर कम्पनीले औसतभन्दा धेरै संख्यामा खाता खोलेका छन् भने ३२ वटा ब्रोकर कम्पनीमा औसत भन्दा थोरै खाता खुलेका छन्। एक सय भन्दा कम खाता खुला भएका ब्रोकरहरुको संख्या २२ वटा रहेको छ।

 हालसम्म कुन ब्रोकर मार्फत कतिले लिए आईडी पासवर्ड ?