कामना सेवाको लाभांश पारित,मर्जर तथा एक्विजिशनको लागि बाटो खुला

0
Shares

कामना सेवा विकास बैंकले मर्जर तथा एक्विजिशनमा जाने बाटो खुला गर्दै गतवर्षको लाभांश पारित गरेको छ । बैंकको असार १४ गते शनिबार सम्पन्न साधारण सभाले ९.५० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

बैंकले गतवर्षको कमाईबाट शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत नगद र १.५० प्रतिशत बोनस शेयर गरी कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जस अनुसार बैंकले २० करोड २ लाख १२ हजार ४४१ रुपैयाँ बराबर नगद तथा ३ करोड ७५ लाख ३९ हजार ८३२ रुपैयाँ बराबरको बोनश वितरण गर्नेछ ।

कामना र सेवा विकास बैकको मर्जर भई एकीकृत कारोबार हुनुभन्दा अघि (२०७४ साउन १९ गते) सम्म कायम सेयरधनीलाई यो लाभांशमा कर नलाग्ने तर, मर्जरपछि कायम शेयरधनीको लाभांशमा लाग्ने कर नगद लाभांशबाट काटेर मात्र वितरण हुने बैंकले जनाएको छ ।

साधारण सभाका लागि जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गरिएको थियो। जेठ ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
हाल यस बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ छ । बोनसपछि २ अर्ब ५४ करोड १ लाख पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गरी नाफा–नोक्सान हिसाब पनि पारित गरिएको छ । लाभांशको अलावा बैंकले साधारण सभाबाट सञ्चालक समितिलाई राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण काम गर्ने अख्तियारी दिएको छ ।