स्टक डिलर सञ्चालन अन्तिम चरणमा

0
Shares

नेपाल धितोपत्र बोर्डले स्टक डिलरको काम छिट्टै सुरु गराउने भएको छ ।

बोर्डले सेयर बजारमा धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्नका लागि स्टक डिलरको आवश्यकता औंल्याउदै अनुमति दिने प्रक्रिया अघि बढाइसकेको छ ।

बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्टक डिलरको अनुमति दिने काम अघि बढेको नोटबजारलाई जानकारी दिए । बोर्डले आगामी आर्थिक वर्षमा डिलरलाई बजार प्रवेश गराउने योजना अघि सारेको उनको भनाई छ ।

‘बुक बिल्डिङ विधि प्रयोगमा ल्याउने योजनाअनुरूप बोर्ड अघि बढेको उल्लेख गर्दै डा. कार्कीले भने, “भेन्चर क्यापिटल, प्राइभेट इक्विटी लगायतका विशिष्टीकृत लगानीकोष सञ्चालन तथा नियमनका लागि कानुनी वातावरण तयार भएको छ ।” आगामी दिनमा स्टक डिलरको काम गर्न इच्छुक संस्थालाइ अनुमति दिने कार्य अगाडि बढाइने कार्कीले बताए ।