हिमाल दोलखा हाइड्रोपावरको आईपिओ खुल्यो, कस्तो छ कम्पनी ?

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले ७६ करोड ७२ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर सर्वसाधारणमा निष्कासन गरेको छ ।कम्पनीले यहि असार २५ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्कासन गर्दैछ ।

कम्पनीले आयोजना प्रभावित इलामबासीले नकिनेको शेयर समेत गरेर उक्त परिमाणको शेयर सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण शेयर निष्कासन गरेकोमा १४ लाख ७२ हजार २१० कित्ता शेयर बिक्री हुन सकेको थिएन् । सो शेयर समेत अब सर्वसाधारणमा बिक्री गरिने भएको हो ।

निष्काशित ७६ लाख ७२ हजार २१० कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीलाई एक लाख ५३ हजार ४४४ कित्ता तथा म्युचुअल फण्डलाई २५ हजार कित्ता शेयर छुट्याइएको छ । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

उक्त आईपिओको निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड रुपैयाँसम्म माग गर्न सकिनेछ । आईपिओमा असार २९ गतेसम्म आवेदन दिन पाइनेछ ।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रुपैयाँ छ । आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ । जसमा संस्थापक शेयरधनीको हिस्सा ५१.२५ प्रतिशत तथा साधारण शेयर धनीको हिस्सा ४८.७५ प्रतिशत कायम हुनेछ ।

 कमजोर रेटिङ्ग

कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपिओलाई केयर नेपाललले औसतभन्दा तल आधार जनाउनेश ’केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।

निमार्ण लागत र वित्तीय अवस्था

हिमालका दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख अर्थात ७२ करोड ५१ लाख ४९ लाख र माई खोला स्मल क्यास्केड हाइड्रोपावर १७ करोड ८० लाख ८७ हजार अर्थात एक अर्ब ४२ करोड लागतमा निमार्ण सम्पन्न हुनेछ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्नेछ । माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

कम्पनी चालु आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा आम्दानी गर्ने र आव २०७६/७७ मा सञ्चित नोक्सानी सकिएर ८ करोड ६३ लाख सञ्चित मुनाफामा पुग्ने प्रक्षेषण छ ।

हिमाल दोलखा क्यास्केड आयोजना निर्माणसँगै इलामको माइखोलामा मात्र हालसम्म ६ ओटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन्। अपरमाइ २ ओटा, सानीमामाई २ ओटा र हिमाल दोलखा २ ओटासहित ६ ओटा आयोजना माइखोलाको पानीले सञ्चालन हुनेछ । माइमा अन्य २ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् ।