प्राइम बैंकले कैलाशलाई ९४ रुपैयाँमा किन्यो


प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्रतिकित्ता ९४ रुपैयाँका दरले खरिद गर्ने भएको छ । कैलाशको एक सय कित्ता सेयर हुने लगानीकर्ताले प्राइम कमर्सियल बैंक भएपनि ९४ कित्तामा चित्त बुझाउनु पर्नेछ ।

शुक्रबार दुई बैंकबीच प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा प्राइम बैंकका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाश बैंकाका तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल तथा संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्राप्ति पछि बन्ने बैंकको प्रमुख कार्यकारीमा प्राइम बैकका नारायणदास मानन्धर नै रहनेछन् । हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने कैशालको २ अर्ब ५२ करोड छ । ९४ स्वापमा कैलाश मिसिँदा प्राइमको पूँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।

प्राइमले केही समयअघि कन्काइ विकास बैंकलाई पनि गाभ्न समझदारी गरिसकेको छ । कन्काइ समेत मिसिदा बैंक अझ बलियो हुनेछ । प्राइमले किन्ने भएपछि आइतबारदेखि कैलाश विकास बैंकको शेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा रोक्का हुनेछ ।