तारागाउँ रिजेन्सी होटेलले आइतबारदेखि  शेयरधनीलाई बैंक खातामै नगद लाभांश पठाउने

0
Shares

तारागाँउ रिजेन्सी होटल्सले आइतबारदेखि गत आवको मुनाफाबाट वितरण गरेको १२.६३% नगद लाभांश शेयरधनीको बैंक खातामा नै पठाउने भएको छ ।

होटल्सले जेठ २ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई नगद लाभांश पठाउने जनाएको छ । सो मितिपछि डिम्याट गर्ने शेयरधनीहरुको नगद लाभांश पनि क्रमश खातामै जम्मा गरिने जनाइएको छ ।

कम्पनीले हालसम्म पनि कागजी शेयर राखेका शयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश वितरण गर्ने भन्दै डिम्याट गर्न अनुरोध गरेको छ ।

शेययर धितोमा राखेका शेयरधनीहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र सानिमा क्यापिटललाई उपलब्ध गराएपछि नगद लाभांश वितरण हुने जनाइएको छ।

तारागाउँको गत जेठ २४ गते सम्पन्न साधारण सभाले १२.६३% नगद लाभांश प्रस्ताव अनुमोदन भएको थियो ।