यस साताको शेयर बजार कस्तो रह्यो ? यस्ता देखिए परिदृश्य

0
Shares

शेयर बजारमा यस साता नेप्से परिसूचक ३.३४ अंकले घटेर १२६०.५० बिन्दुमा पुगेको छ । यस्तै दैनिक ५३ करोड ३९ लाख औसत कारोबार हुँदा साताको कारोबार रकम पनि ५.८१ प्रतिशतले बढेर दुई अर्ब ६६ करोड ९७ लाख १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। गत साता दुई अर्ब ५१ करोडको शेयर खरिद बिक्री भएको थियो।

साताभरमा एक करोड ६१ लख कित्ता शेयर कारोबारमा आए भने बजार पूँजीकरण १५ खर्ब ६८ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । सातामा ०.२७ प्रतिशतले बजार पूँजीकरण सुधारिएको हो। कूल कारोबार रकममा बैंकिङमा ५३ प्रतिशत कारोबार भयो भने अन्य सबै उपसमूहमा दश प्रतिशत भन्दा कम कारोबार भएको छ।

हालै मात्र शेयर कारोबार खुला भएको स्वाभिमान लघुवित्तको सर्बाधिक शेयरमूल्य बढेको छ । कम्पनीको शेयर ३४. ६३ प्रतिशत अर्थात १०७ रुपैयाँ बढेर ४१६ पुगेको छ । यसैगरि स्वरोजगार लघुवित्तको शेयरमूल्य १५.४८, सूर्योदय लघुवित्त ११.६९ प्रतिशतले बढेको छ । सेन्चुरी बैंक, समीट माइक्रोफाइनान्स, गणपति माइक्रोफाइनान्स, मल्टीपपर्स फाइनान्स, खानीखोला हाइड्रो, सिभिल बैंक, नेपाल एगैो लघुवित्त, जनउत्थान लघुवित्तको पनि चारदेखि साढे ६ प्रतिशतले शेयर बढेको छ ।

सातामा युनियन हाइड्रोपावरका शेयरधनीले १६.१८ प्रतिशत अर्थात २२ रुपैयाँले गुमाएका छन। गुमाउनेअन्य कम्पनीहरुमा रैराङ हाइड्रो, रिलायन्स फाइनान्स, जोशी हाइड्रो, शिबम सिमेन्टस, नेशनलहाइड्रो, छयाङदी हाइड्रो, सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर, बेष्ट फाइनान्स, र स्पर्श लघुवित्तको शेयरमूल्य पनि ३.७५ देखि ६ प्रतिशतसम्म घटेको छ ।

साताभरमा नेपाल बैंकको सर्वाधिक २० करोड ७३ लाखको शेयर कारोबार भएको छ । यसैगरि परभु बैंक १६ करोड ४३ लाख, मेगा बैंक १३ करोड, शिबम सिमेन्टस ११ करोड, ग्लोबल आइएमई परमोटर १० करोड, सिभिल र सेन्चुरी बैंक ८/८ करोड, एनसीसी ७ करोड तथा जनता र एनआईसी एशिया बैंकको ६ करोड बढीको शेयर खरिद बिक्री भएको छ ।