सबैको लघुवित्तको ५ करोड ३० लाखको आईपीओ साउन एक देखि खुल्ने

0
Shares

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन १ गतेदेखि सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्राथामिक शेयर जारी गर्ने भएको हो।

कुल निष्काशित ५ लाख ३० हजार कित्ता शेयरमध्ये ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । लघुवित्तको आईपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर मार्फत साउन ५ गतेसम्म आवेदन गर्न सक्नेछन्।

कम्पनीले जारी गर्ने आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर आधार रहेको बुझाउँछ।

तनहुँको बन्दीपुरस्थित केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको आईपीओ बिक्रीपछि चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ।