नेप्से सूचक स्थिर, कारोबार रकम ११ करोड घट्यो

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से ०.६२ अंकको सामान्य घटाइसँगै १२४८.५३ बिन्दुमा बन्द भएको छ। यद्यपी बुधबारको तुलनामा ११ करोड रुपैयाँ बराबरले घटेर ४६ करोडमा कारोबार खुम्चिएको छ । बुधबार ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

बिहीबार कारोबारमा आएका १७२ कम्पनीहरुमध्ये ८२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ भने ३४ कम्पनीको मात्र शेयरमूल्य बढ्यो। ३१ कम्पनीको शेयरको भाउ स्थिर रहेको छ ।

कारोबारमा आएका ११ उपसमुहमध्ये बैंकिङ्ग र जलविद्युत्त दुई उपसमूह मात्रै सकारात्मक छन् भने बाँकी ९ नकारात्मक देखिएको छ। सबैभन्दा धेरै होटल २०.४४ अंकले घटेको छ भने बैंकिङ्ग १.९० अंकले बढेको छ।

बिहीबार उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ६ वटा वाणिज्य बैंक रहेका छन्। नेपाल बैंकको सबैभन्दा धेरै ५ करोड २९ लाख र शिवम् सिमेन्टसको ३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सिभिल बैंकको १ करोड ७७ लाख, र ७ वटा कम्पनीको एक करोड बढीको शेयर कारोबार भएको छ।

नाडेप लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.७३ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.२५ प्रतिशतले बढेको छ। घलेम्दी हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स, र गुँरास लघुवित्त पनि शेयरमूल्य बढ्ने कम्पनीमा पर्यो। उता मल्टिपर्पस फाइनान्स र लक्ष्मी लघुवित्तको ५ प्रतिशतले शेयरमूल्य घटेको छ।

बुधबारसम्म शेयरमूल्यमा पोजेटिभ सर्किट लाग्दै आएको इन्फिनिटी लघुवित्तको शेयरमूल्य बिहीबार भने ४ प्रतिशतले घटेको छ। जोशी हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त, गुँरास लाइफ इन्स्योेरेन्स, आशा लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ।