सामाजिक सन्जाल फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने

0
Shares

सामाजिक सञ्जाल फेसबुकलाई अमेरिकी नियामकले डाटा सुरक्षा र गोपनीयता उलंघन गरेको भन्दै फेडेरल ट्रेड कमिसन (एफटीसी) ५ अर्ब डलर जरिवाना लगाउने निर्णय गरेको छ। फेसबुकमाथि लगाइएको यो जरिवाना प्रविधि कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशीको जरिवाना भएको बताइएको छ।

फेसबुकमाथि लगाइएको यो जरिवाना फेसबुकको सन २०१८ मा आर्जन गरेको कुल आम्दानीको ९ प्रतिशत जरिवाना तिनुपर्ने भएको हो। फेसबुकभन्दा अघि सन २०१२ मा गुगललाई २ करोड २५ लाख डलर जरिवाना लगाइएको थियो। फेडेरल ट्रेड कमिसन (एफटीसी) ले सन २०१८ मार्चमा फेसबुकमा डाटा लिकको सम्बन्धमा अनुसन्धान शुरु गरेको थियो।

अनुसन्धानमा कम्पनीले प्रयोगकर्ताको गोपनीयता र सुरक्षाबारे कमजोरी भेटाएपछि अमेरिकाको व्यापार मामिला हेर्ने एफटीसीले जरीवाना तिराउने निर्णय गरेको हो। यो जरिवाना अमेरिकाको न्याय मन्त्रालयबाट भने अनुमोदन हुन बाँकी छ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले सन २०१८ मा बेलायती कन्सल्टेन्सी फर्म क्याम्ब्रिज एनालिटिकाले आफ्ना करोडौं प्रयोगकर्ताको डाटा दिएको आरोप फेसबुकमाथि लगाएपछि अमेरिकी संसदमा जवाफ समेत दिएका थिए।

आफूविरुद्ध जाँच शुरु भएपछि फेसबुकले कानुनी सम्झौताको लागि भनेर ३ देखि ५ अर्ब डलर तिर्ने जनाएको थियो।