साना किसान विकास बैंकमा थपियो एक अर्ब दश करोड, ग्रामीण स्वावलम्बन कोष हस्तान्तरण

0
Shares

साना किसान विकास बैंक (लघुवित्त) मा एक अर्ब दश करोड रुपैयाको सम्पत्ति थपिएको छ । सरकारले ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्तलाई हस्तान्तरण गरेकाले उक्त रकम थपिएको हो ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडा र गर्भनर डा. चिरन्जीवी नेपालको उपस्थितिमा सरकारले ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्तलाइ हस्तान्तरण गरेको हो । कोषमा रहेको ३५ करोड रुपैयाँ ऋण र १ अर्ब १० करोड रुपैयाँ सम्पत्ति साना किसान बैंकमा हस्तान्तरण भएको छ ।

जस अनुसार २०७६ साउन १ गते देखि कोषका कार्यक्रमहरु लघुवित्तले संचालन गर्ने गरी अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक तथा साना किसान विकास लघुवित्तबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले साना किसान बैंकलाई उद्यमिशलताको विकासमा केन्द्रीत रहेर कर्जा प्रवाह गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्था शहर केन्द्रीत भएको भन्दै साना किसान गाउँ केन्द्रीत हुनुपर्नेमा जोड दिए

साना किसान विकास बैंकले करिब ९ लाख किसानलाई ६ अर्ब रुपैयाँ बिनाधितो कर्जा प्रवाह गरेको छ । यस संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ छ ।