साउन एक देखि पूँजीगत लाभकर घट्ने, हकप्रद र बोनसको लाभकर भारित औसत लागतको आधारमा गणना हुने

0
Shares

नयाँ आर्थिक वर्षदेखि शेयर कारोबारको पूँजीगत लाभकर घट्ने भएको छ । साथै हकप्रद र बोनस शेयरको लाभकर गणना भारित औसत लागतको आधारमा गरिने भएको छ ।

सिडिएससीले साउन एक गते बुधबारदेखि नै भारित औसत लागतको आधारमा हकप्रद र बोनसको शेयरको पूँजीगत लाभकर गर्ने भएको हो।बुधबारदेखि पूँजीगत लाभकरको गणना भारित औसत लागतको आधारमा गरिने सिडिएसीले जनाएको छ ।

सरकारले आगामी बर्षको बजेटमा नै हकप्रद र बोनस शेयरको पूँजीगत लाभकर भारित औसत लागतको गणना गर्ने व्यवस्था गरेको थियो ।

साउन एक गतेदेखि नयाँ आर्थिक वर्ष लाग्ने भएकाले यस दिन देखि शेयर कारोबारमा पूँजीगत लाभकर समेत घट्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट बक्तव्य मार्फत पूँजीगत लाभकर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेका थिए।

सिडिएससीमा उपलब्ध तथ्याङकका आधारमा प्रणालीले नै लाभकर गणना गर्नेछ। बजेटमा पूँजीगत लाभकरको गणना भारित औसत लागतको आधारमा गणना गरिने व्यवस्था भए अनुसार सिडिएसीले यसलाई कार्यान्वयनमा ल्याउने भएको हो।

https://notebazar.com/uploads/source/articles/Capital_Gain_Tax_.pdf