सबैको लघुवित्तको आईपीओमा आवेदन खुल्यो, यस्तो छ कम्पनी

0
Shares

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा साउन १ गतेदेखि आवेदन खुलेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरमा ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रथामिक शेयर जारी गरेको छ । जसमध्ये ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणका निष्काशनन हुनेछ।

लघुवित्तको यस शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत साउन ५ गतेसम्म आवेदन गर्न सक्नेछन्।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

कस्तो छ कम्पनी ?

यो आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईपीओग्रेड ४ रेटिङ दिएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधार रहेको बुझाउँछ।

तनहुँको बन्दीपुरस्थित केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको आईपीओ बिक्रीपछि चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। संस्थापक तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ भने चुक्ता भैसकेकोे छ।

आईपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ८२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ४ करोड ७२ लाख ८२ हजार र आव २०७७।७८ मा ५ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।