सरकारको लक्ष्य भन्दा १ खर्ब ३५ अर्ब कम राजश्व उठ्यो, संशोधित लक्ष्य पनि पुरा भएन

0
Shares

गत आर्थिक वर्षमा सरकारले लक्ष्य भन्दा १ खर्ब ३५ अर्ब कम राजश्व उठाएको छ ।

सरकारले गत आर्थिक वर्षमा ९ खर्ब ४५ अर्बको राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा असार ३१ गते मंगलबारसम्म ८ खर्ब ३५ अर्ब रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।

यसबाट सरकार लक्ष्यअनुसार राजश्व उठाउन असफल भएको छ । लक्ष्य अनुसार १ खर्ब ३५ अर्ब रुपैयाँ उठाउन सरकार असफल भएको हो ।

सरकारले ९ खर्ब ४५ अर्बको राजस्व असुली भेट्याउन नसक्ने देखेपछि जसलाई संशोधन गरी ८ खर्ब ६० अर्बमा झारेको थियो । तर संशोधन गरेको भन्दा २५ अर्ब कम राजस्व असुली भएको छ।

आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क लक्ष्यअनुसार असुली नभएपछि सरकारको राजश्व लक्ष्य पुरा नभएको हो ।

गत आर्थिक वर्षमा १ खर्ब ९० अर्ब रुपैयाँ आयकर, २ खर्ब ४० अर्ब मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत राजश्व संकलन गरेको हो । आयकर र भ्याट दुवै लक्ष्य भन्दा कम हो । गत वर्ष सरकारले २ खर्ब ९ अर्ब ६८ करोड रुपैयाँ आयकर र २ खर्ब ५० अर्ब रुपैयाँ भ्याट असुलीको लक्ष्य राखेको थियो ।

त्यस्तै गत वर्ष १ खर्ब ५४ अर्ब रुपैयाँ भन्सार असुली भएको छ। यस्तै गत आर्थिक वर्षमा सरकारले अन्तशुल्क मार्फत १ खर्ब २१ अर्ब ५३ करोड रावश्व उठाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब ८० अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको छ ।