ग्रामीण विकास बैंकको ५ लाख ८२ हजार कित्ता लिलामी शेयरमा साउन ८ देखि आवेदन खुल्ने

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५ लाख ८२ हजार ८४४ कित्ता शेयर लिलामी गर्ने भएको छ । कम्पनीले साउन ८ गतेदेखि संस्थापक र सर्वसाधारण समूहको गरी उक्त परिमाणको शेयर लिलामी गर्ने भएको हो ।

बैंकले संस्थापक समूहको ३ लाख ९२ हजार ३९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ९० हजार ४५१ कित्ता शेयर लिलामी गर्न लागेको हो । जसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लगनखेल, पोखरा, बुटवल, वीरजञ्ज र विराटनगर शाखाबाट आवेदन दिन पाइनेछ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकले गत वैशाख जेठमा निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा बिक्री नभएको शेयर लिलामी गर्न लागेको हो । यो शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।