ग्लोबल आइएमई लघुवित्तको शतप्रतिशत हकप्रदको शेयरमूल्य समायोजन

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको हकप्रदपछिको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले लघुवित्तले जारी गर्न लागेको एक बराबर एक अनुपातको हकप्रदको शेयरमूल्य समायोजन गरेको हो।

लघुवित्तको शतप्रतिशत हकप्रद समायोजनपछि शेयर मूल्य प्रतिकित्ता ६५१ रुपैयाँ कायम भएको छ । जसको औसत आधार मूल्य ९९२ रुपैयाँ ५० पैसा छ ।

लघुवित्तले ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यद्यपी कम्पनीले हकप्रद जारी गर्ने मिति भने तोकिसकेको छैन।

कम्पनीले हकप्रद जारी गर्न साउन १ गते बुकक्लोज गरेकाले असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।