वित्तीय विवरण प्रकाशनमा पहिलो बनेको फर्स्ट माइक्रोले देखायो आशलाग्दो प्रगति

0
Shares

गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्न पहिलो बनेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आशलाग्दो प्रगति विवरण सार्वजनिक गरेको छ । लघुवित्तका अधिकांश सूचकहरुमा सुधार आउँदा खुद नाफा ३१ प्रतिशतले बढेको छ ।

विहीबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्तले गत आर्थिक बर्षमा १३ करोड ३२ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३१ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीले १० करोड १४ लाख कमाएको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६८ करो४३ लाखमा स्थिर छ । कम्पनीको कमाई बढ्दा प्रतिशेयर आम्दानी समेत ३१.३१ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४६ पैसा कायम छ ।

थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले यस अवधिमा ५ अर्ब १४ करोड सापटी लिएर ५ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

जसबाट कम्पनीको खुद ब्याज आम्दानी २१ करोड २३ लाख खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको संचालन मुनाफा २१ करोड बढी छ ।
माइक्रोफाइनान्सको वित्तीय विवरण अनुसार प्रति शेयर नेटवर्थ १३३ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात १९.२७ गुणा रहेको छ ।