सिभिल बैंक आईएसओबाट प्रमाणित

0
Shares

सिभिल बैंकले आईएसओ सटिफिकेसनको आधिकारीक संस्था युआरएस युनाइटेड रजिष्ट्रार अफ सिस्टमबाट आइओएस ९००१ २०१५ को प्रमाणपत्र प्राप्त गरेका छ ।

बिहीबार एक कार्यक्रमका बीच युआरएस युनाइटेड रजिष्ट्रारअफ सिस्टमका नेपाल प्रतिनिधि प्रकाश पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गलाई आईएसओ प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले आईएसओ प्रमाणिकरणसँगै आगामी दिनहरुमा ग्राहकमैत्री सेवा तथा सुविधाहरु र ग्राहककै चाहाना अनुरुपमा आधुनिक डिजिटल बैंकिङ्गका प्रोडक्टहरु ल्याउने बताए ।

त्यस्तै बैंकका अध्यक्ष ईच्छाराज तामाङ्गले सिभिल बैंकका सेवा तथा सुविधाहरु ग्राहकमा केन्द्रित रहेको र नियमनकारी निकायहरुको सबै नियम मानि अघि बढिरहेको संस्था प्रमाणित भएको बताए । उनले आगामी दिनमा ग्राहकहरुकै सेवामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता जनाए।

हाल सिभिल बैंकको कुल शाखा संख्या ९६ ओटा पुगेको छ। बैंकले आगामी दिनमा सामाजिक उत्तरदायित्वको बहन सँगसँगै आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पुर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिष्कृत गर्दै लैजानै र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने जनाएको छ।