नेष्डो समृद्ध लघुवित्तले डेढ सय प्रतिशत हकप्रद जारी गर्ने, मर्जरका लागि पनि तयार

0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्तापूँजी बढाउन डेढ सय प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव अघि सारेको छ । साथै कम्पनीले जारी पूँजी, चुक्ता पूँजी र अधिकृत पूँजी बढाउने प्रस्ताव पनि साधारणसभामा लैजाने जनाएको छ ।

संस्थाले साउन १८ गते हुने विशेष साधारणसभामा एक बराबर १.५ हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव लग्दैछ ।

त्यस्तै संस्थाको अधिकृत ५० करोडबाट बढाएर एक अर्ब पुर्याउन, जारी पूँजी १० करोडबाट २५ करोड पुर्याउने तथा हाल कायम चुक्ता पूँजी ७ करोड बाट बढाएर १७ करोड ५० लाख पुर्याउने प्रस्ताव समेत गरेको छ ।

पर्वतको सदरमुकाम कुश्मामा केन्द्रीय कार्यालय रहेको संस्थाले संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत सेयरलाई यथावत राख्ने भएको छ ।
साथै संस्थाले मर्जर तथा प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पनि साधारणसभामा राख्ने भएको छ ।