शेयर कारोबारको पूँजीगत लाभकर गणना विधि र प्रक्रिया झन्झटिलो, अवैज्ञानिक र त्रृटि पूर्ण रहेको भन्दै सच्याउन माग

0
Shares

शेयर लगानीकर्ता दवाब समूहले पुँजिगत लाभकर गणना विधि र प्रक्रिया झन्झटिलो, अवैज्ञानिक र त्रृटि पूर्ण रहेको भन्दै सच्याउन माग गरेको छ । समूहले सिडिएससीले शेयर बजारलाई प्रविधिमैत्री बन्न नदिने दुस्साहस गरेको आरोप लगाउँदैे सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ ।

समूहका अध्यक्ष हरी ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अव्यवहारिक निर्णयलाई तत्काल स्थगित गरी सहज रुपमा खरिद बिक्री गर्न पाउने लगानीकर्ताको अधिकारलाई कुण्ठित गर्न खोज्नेहरु माथी सरोकारवाला तथा आम लगानीकर्ताहरुले शसक्त प्रतिवाद र प्रतिकार गर्ने छौं ।’

समूहले आफूहरुले विगतमा गरेको आन्दोलनबाट शेयर बजारमा प्राप्त उपलब्धिहरुमाथि पनि निरन्तर प्रहार गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ । समूहले पूँजीगत लाभकर गणनाको अव्यवहारिक विधि स्थगित नभएसम्मका लागि सिडिएससीका अधिकारी र सम्बद्ध निकायका प्रतिनिधिहरुको सशक्त प्रतिकार र प्रतिवाद गर्न लगानीकर्ताहरुलाई आह्वान समेत गरेको छ ।