एनएमबी क्यापिटलको तेस्रो म्युचुअल फण्ड ‘एनएमबी फिप्टी’मा लगानीको अवसर

0
Shares

एनएमबी क्यापिटलले एनएमबी म्युचुअल फण्ड अन्तर्गत एनएमबी फिप्टीको १२ करोड ईकाई साउन १३ गतेदेखि बिक्रीमा ल्याउने भएको छ ।

क्यापिटलले प्रति ईकाई १० रुपैयाँका १२ करोड ईकाई बिक्रीमा ल्याउन लागेको हो ।यसमा लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आबेदन गर्न सक्नेछन् ।

एनएमबी क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धन हुने यो फण्ड बन्दमुखी योजना हो । यो फण्डको प्रायोजन एनएमबी बैंकले गरेको छ भने प्रवद्र्धन एनएमबी क्यापिटलले गरेको छ ।

एनएमबी क्यापिटलबाट प्रवद्र्धित एनएमबी हाइब्रीड फण्ड एल वान र एनएमबी सुभल इन्भेष्टमेन्ट फण्ड वान हाल बजारमा छन् । नयाँसहित एनएमबीका ३ वटा स्किम बजारमा हुनेछन् ।