सिटिजन्स बैंकको नाफामा बढोत्तरी आएपनि खस्कियो प्रतिशेयर आम्दानी

0
Shares

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ४८ करोड खुद नाफा कमाएको छ । जुन अघिल्लो बर्षको भन्दा २६ करोड अर्थात करिब २१ प्रतिशत बढी हो ।

अघिलो बर्ष बैंकले एक अर्ब २२ करोड नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ११ करोड रुपैंयाँ कायम भएको छ । यस आधारमा बैंकले १३ प्रतिशतसम्म लाभांस बाड्न सक्ने देखिन्छ ।

बैंकको नाफा पूँजी बढेको अनुपातमा बढ्न नसक्दा प्रतिशेयर आम्दानीमा भने गिरावट देखिएको छ । बैंकले अघिल्लो वर्षको मुनाफाबाट २९ करोड १४ लाख ४५ हजार ७७३ (करीव ३.६ प्रतिशत) रुपैयाँ बोनस शेयर वितरण गरेर पूँजी बढाएको थियो । 

८ अर्ब ३७ करोड चुक्ता पुँजी रहेको सिटिजन्सको विभन्न जगेडा कोषमा ४ अर्ब ९ करोड रुपैंयाँ रहेको छ । सिटिजन्सले यसअवधिमा ७० अर्ब ५० करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड कर्जा लगानी गरेको छ ।

बैंकको निष्कृय कर्जा १.१९ प्रतिशत, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा, प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८७ पैसा, मुल्य आम्दानी अनुपात १२.५९ पैसा छ । बैंकको सीडी रेसियो ७६.७९ प्रतिशतमा कायम छ ।

सिटिजन्स बैंक इन्टरनेसेनलले सहयोगी विकास बैंकलाई प्राप्ति (एक्वीजिशन) गर्ने सम्झौता गरेको छ ।