ओम डेभलपमेन्ट बैंकले प्रस्तावित लाभांश वितरण नगर्ने

0
Shares

ओम डेभलपमेन्ट बैंकले यस अघि प्रस्ताव गरेको लाभांश वितरण नगर्ने भएको छ । बैंकले प्रस्तावित लाभांश खारेज गरेर यहि साउन २७ गते बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ।

एनएमबी बैंकसँग मर्जर प्रकृयामा रहेको ओमले यस अघि प्रस्तावित लाभांश वितरण नगर्ने भएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.७० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

साधारण सभाले ओम डेभलपमेन्ट र एनएमबी बैंकबीच भएको मर्जर प्रकृयालाई अनुमोदन गर्ने भएको छ । ओमले गत जेठ २ गते एनएमबि बैंकससँग मर्जरमा जाने सैद्धान्तिक सहमति गरेको थियो।

मर्जरपछि एकिकृत साधारण सभा सम्पन्न गरी दुवै संस्थाका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश वितरण गर्ने सहमति अनुसार ओमले लाभांस खारेज गरेको हो । लाभांसकै बिषय नमिल्दा ओम र प्राइमबैंकबीचको एकचा प्रक्रिया भाँडिएको थियो ।