प्राइम र कन्काईले मर्जर प्रस्ताव पारित गर्न एकैदिन बोलाए विशेष साधारण सभा

0
Shares

प्राइम कमिर्सियल बैंक र कन्काई विकास बैंकले मर्जर तथा प्राप्ति (एक्विजिशन) प्रस्ताव पारित गर्न साउन २२ गते एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन्।

दुबै बैंकको विशेष साधारण सभाले सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ताबाट तय भएको शेयर स्वाप अनुपात पारित गर्नेछ । प्राइमले कन्काईलाई गत जेठ २२ गते १००: ७० प्रतिशत स्वाप रेसियोमा प्राप्ति गर्ने सम्झौता गरेको थियो ।

प्राइमले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे विशेष साधारणसभा डकेको छ । त्यस्तै, कन्काईले सोही समयमा गोर्खा डिपार्टमेन्ट स्टोर, झापामा विशेष साधारण सभा डाकेको छ ।

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई १०० : ९४ को शेयर स्वाप अनुपात कायम हुने गरी प्राप्ती गर्ने प्रारम्भिक सम्झौता समेत गरेको छ। वास्तविक स्वाप भने डिडिए प्रतिवेदन पश्चात मात्र तय हुनेछ।

हाल प्राइम बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रुपैयाँ छ।