साबिकको जेविल्स फाइनान्सका ग्राहकको सीआरएन नम्बर नचल्ने, अब के गर्ने ?

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकमा विलिन भएको साबिकको जेविल्स फाइनान्सबाट लिएको सीआरएन नम्बर नचल्ने भएको छ ।

इन्भेस्टमेन्ट बैंकले जेविल्सलाई गाभेपछि जेविल्सको खाता नम्बर र सीआरएन नम्बर परिवर्तन हुने भएको हो । अब साविकका जेविल्सका खातावालाहरुले सीआस्वा सेवा प्रयोग गर्नको लागि नयाँ नम्बर लिनुपर्र्नेे भएको इन्भेष्टमेन्ट बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

बैंकले सीआरएन नम्बर परिवर्तनबारे सम्पूर्ण ग्राहकलाई एसएमएसबाट जानकारी गराई सकिएको जनाएको छ । यस सम्बन्धि केहि जिज्ञासा भए बैंकको न्युरोड २ शाखा (साविकको जेविल्स फाइनान्स)मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।