जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने

0
Shares

जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रकृया थालेको छ। इन्स्योरेन्सले साउन २९ गते हुने पहिलो वार्षिक साधारण सभाबाट आईपीओ प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीको साधारण सभामाले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको हो।

हाल इन्स्योरेन्सको ७० करोड रुपैयाँ चुक्ता पूँजी छ। आईपीओ निष्काशन पछि इन्स्यारेन्सको चुक्ता पूँजी बीमा समितिले तोकिए बमोजिम एक अर्ब कायम हुनेछ।

यस्तै साधारण सभाले संस्थापक शेयरधनीहरुबाट संचालकहरुको निर्वाचन गर्नेछ भने कमपनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न संचालक समितिलाई अख्तियारी दिनेछ।