शेयर बजारमा सुधारको संकेत, माईक्रोफाइनान्समा तानिए लगानीकर्ता

0
Shares

शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर गणनाको विधि र प्रक्रिया सुल्झाउने प्रयास भईरहेका बेला शेयर बजारमा सुधार देखिएको छ । मंगलबार शेयर कारोबार तथा नेप्से सूचक दुवैमा बढोत्तरी आएको छ ।

मगलबार नेप्से कारोबार मापक सूचक नेप्से ५.९४ अंकले बढेर १२७७.१७ अंकमा पुगेको हो। दिनभरमा १६९ कम्पनीका १४ लाख ४४ हजार कित्ता शेयर ३६ करोड ८९ लाख रुपैयाँमा कारोबार भयो।

यसदिन सबैभन्दा बढि कृषि बिकास बैंकको चार करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भयो । यस्तै नेपाल बैक पनि तीन करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

कारोबारमा आएका एघार समूहमध्ये सात समूहको उपसूचक बढेको छ भने चार समूहको उपसूचक घटेको छ।

गतवर्षको वित्तीय विवरण प्रकाशित गर्न थालेपछि लघुबित्तका समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ।

सबैभन्दा धेरै कमाउने १० कम्पनीको सूचीमा पाँच कम्पनी लघुबित्तका परेका छन्। महिला सहयात्रा माइक्रो फाइनान्सको करिब आठ प्रतिशत मूल्य बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता छन् । यसको भाउ ७.२४ प्रतिशतले घटेको छ ।