ग्रामीण विकास लघुवित्तको ५ लाख ८२ हजार कित्ता लिलामीको शेयरमा आवेदन खुल्यो

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५ लाख ८२ हजार ८४४ कित्ता लिलामीको शेयरमा आवेदन खुलेको छ । संस्थाले साउन ८ गतेदेखि संस्थापक समूहको ३ लाख ९२ हजार ३९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ९० हजार ४५१ कित्ता शेयर लिलामी गर्न लागेको हो ।

यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर साउन १५ गतेसम्म लपत्र पेश गर्न सक्नेछन् । जसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लगनखेल, पोखरा, बुटवल, वीरजञ्ज र विराटनगर शाखाबाट आवेदन दिन पाइनेछ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ । यस्तै ग्रीन डेभलपमेन्ट बैंक बागलुङबाट पनि आवेदन दिन पाइनेछ ।

ग्रामीणले वैशाख २७ गते देखि जेठ ३० गतेसम्म निष्काशन गरेको ५० प्रतिशत (३२ लाख ७५ हजार कित्ता) हकप्रद शेयरमा बिक्री नभएको शेयर लिलामीमा निकालेको हो ।

दोस्रो बजारमा ग्रामीण विकास लघुवित्तको मंगलबार ३५३ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।