पूँजीगत लाभकरको ‘कट अफ डेट’ मा जुट्यो सहमति, मध्यमार्गी उपाय प्रस्ताव

0
Shares

शेयर करोबारको पूँजीगत लाभकर गणनामा देखिएको विवाद साम्य गराउन बसेको सरोकारवालाहरुको छलफलले मध्यमार्गी उपाय निकाल्दै नयाँ सहमति गरेको छ ।

बुधबार धितोपत्र बोर्डमा भएको सरोकारवालाहरुको छलफलले भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनाका लागि कट अफ डेट मा सहमति जुटाएको हो । पाँचवटा लगानीकर्ता संघसंगठन, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमीटेडका अधिकारी सम्मिलित बैठकले विवाद सुल्झाउन नयाँ उपाय निकालेको हो ।

सरोकारवाला सबै पक्षको छलफलले २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको आ-आफ्नो शेयर मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोही आधारमा पूँजीगत लाभकर गणना गर्ने व्यवस्था माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नयाँ उपायले लगानीकर्ताहरु मर्कामा नपर्ने र निमायकहरुलाई समेत व्यवस्थापन गर्न सहज हुने बताए ।