मौद्रिक नीतिमा अनिलकेशरी शाहको टिप्पणी, ‘जे आएको छ पोजेटिभ रुपले आएको छ, सुरुवात पोजेटिभ छ ‘

0
Shares

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अनिलकेशरी शाहले बैंकहरुलाई फोस मर्जर नभई स्वस्फूर्त मर्जरमा जान प्रोत्साहन गर्ने मौद्रिक नीति सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

मौद्रिक नीति सार्वजनिक भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै शाहले केन्द्रिय बैंकले फोर्स मर्जर नभई मर्जरलाई प्रोत्सहान गरेकोमा खुशी व्यक्त गरे ।

मर्जरका लागि सहुलियत र सुविधा आएको छ । जे आएको छ पोजेटिभ आएको छ , सुरुवात पोजेटिभ छ । शाहले भने ।

नेपाल राष्ट्रबैंकले मर्जरमा सहुलियत नीति ल्याएसँगै नवील बैंक पनि मर्जरका लागि प्रोत्साहित बनेको उनको भनाई थियो । ‘ मर्जरमा जानेलाई स्प्रेडदरमा केही सहुलियत दिने, शाखा खोल्न दिने, उर्जा, पर्यटन र कृषि क्षेत्रमा तोकिएको लगानी प्रवाह गर्न नसक्दा हर्जना ब्याज लगाउँदैनौं भन्नु सकरात्मक छ । उनले भने ।

बैंकर शाहले वासेल थ्री लागू गर्ने कुराले वित्तीय स्थायीत्व र संस्थागत सुशासन अझ मजबुत बनाउने, तर यसको पूर्ण कार्यान्वयनका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।