गुराँस लाइफको ९० हजार कित्ता लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले लिलामीमा राखेकोे संस्थापक समूह तर्फको ९० हजार ५७१ कित्ता शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो । कम्पनीले साउन ३ गतेदेखि लिलामी शेयरमा आवेदन खुला गरेको थियो ।

गुराँस लाइफले यसअघि पनि शेयर लिलामी गर्दा नबिकेको शेयर पुन: लिलामीमा निकालेको हो । गत असार ५ देखि २२ गतेसम्म सर्वसाधारणतर्फ ८२ हजार ५ कित्ता र संस्थापकतर्फ २ लाख ४० हजार ५७१ कित्ता शेयर लिलामीमा ल्याएको थियो । त्यसबेला संस्थापक समूहको सबै शेयर बिक्री हुन सकेको थिएन ।

गुराँसको संस्थापक शेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नपर्नेछ । न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ । जसको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ ।